Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, हेर्नुस् कुन बैंकले कति कमाए ?

सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, हेर्नुस् कुन बैंकले कति कमाए ?


  • 6.9K
    Shares

    सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, हेर्नुस् कुन बैंकले कति कमाए ?
    images

    काठमाडौं । कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २७ वाणिज्य बैंकहरुले समग्रमा खुद नाफा मात्रै ६३ अर्ब ३७ करोड कमाए।

    बैंकहरुको यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। समग्र कर्जा विस्तार २८ प्रतिशतले बढ्दा बिजनेसको तुलनामा नाफा कम हो। अर्कोतर्फ बैंकहरुको स्प्रेड दर र आधार दर पनि घटेको छ। स्प्रेड दर र आधार दर घट्नु भनेको बैंकले ऋणीबाट लिने ब्याज घट्नु हो। 

    बैंकहरुको नाफामा यसपालि सेयर बिक्रीबाट भएको कमाइले पनि राम्रो टेवा पुर्याएको देखिन्छ। सेयर बजार बढ्दाखेरि कतिपय बैंकले आफूसँग भएको अन्य विभिन्न कम्पनीका सेयर बिक्री गरे।

    यहीं सेयर बिक्रीबाट भएको कमाइले नाफामा राम्रो टेवा पुगेको हो। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार यी बैंकले गत  आर्थिक वर्षमा कुल १२ अर्ब ३९ करोड रुपैयाँ कमाएका छन्।

    जुन अघिल्लो आर्थिक वर्ष २०७६र७७ को तुलनामा २०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष यी बैंकले ४ अर्ब १ करोड रुपैयाँ कमाएका थिए। 

    सेयर कारोबारबाट गत आर्थिक वर्ष सबैभन्दा धेरै हिमालयन बैंकले कमाएको छ। सो बैंकले मात्रै गत आर्थिक वर्ष २ अर्ब २२ करोड कमाएको छ। 

    हेर्नुस् सेयर कारोबारबाट कुन बैंकले कति कमाए ?

    बैंक

    सेयरबाट कमाइ ०७७/७८

    सेयरबाट कमाइ ०७६/७७

    हिमालयन

    २ अर्ब २२  करोड ७६ लाख

    १४ करोड ५३ लाख

    नबिल

    १ अर्ब ४८ करोड ५४ लाख

    ४३ करोड ४ लाख

    सिद्धार्थ

    १ अर्ब ४ करोड २३ लाख

    १६ करोड १५ लाख

    इन्भेष्टमेन्ट

    १ अर्ब २ करोड ४२ लाख

    २३ करोड १ लाख

    ग्लोबल आइएमई

    ६१ करोड ६८ लाख

    १९ करोड ६८ लाख

    राष्ट्रिय वाणिज्य

    ५४ करोड २४ लाख

    ५४ करोड १२ लाख

    लक्ष्मी

    ५१ करोड ७२ लाख

    १० करोड ३ लाख

    कृषि विकास

    ५० करोड २९ लाख

    ३ करोड ५९ लाख

    एनसिसी

    ४३ करोड ७२ लाख

    ७ करोड ९ लाख

    नेपाल बैंक

    ४२ करोड ५२ लाख

    ३९ करोड ४१ लाख

    कुमारी

    ४० करोड १५ लाख

    १ करोड ५४ लाख

    मेगा

    ३८ करोड ५१ लाख

    १६ करोड ३० लाख

    एनएमबि

    ३५ करोड ९३ लाख

    २१ करोड ५३ लाख

    प्रभु

    २८ करोड ९४ लाख

    ९ करोड ४७ लाख

    प्राइम

    २८ करोड ९० लाख

    ६ करोड १९ लाख

    नेपाल बंगलादेश

    २८ करोड ४४ लाख

    ५ करोड ७ लाख

    एभरेष्ट

    २६ करोड ९९ लाख

    १२ करोड २२ लाख

    एनआइसी एसिया

    २१ करोड ९४ लाख

    २५ करोड ५८ लाख

    स्टान्डर्ड चार्टड

    २१ करोड ४९ लाख

    १७ करोड ९२ लाख

    माछापुच्छ्रे

    १९ करोड ६३ लाख

    ७ करोड १ लाख

    सिभिल बैंक

    १६ करोड ४६ लाख

    ९ करोड ७७ लाख

    सिटिजन्स

    १५ करोड ३० लाख

    १० करोड

    बिओके

    १० करोड ९५ लाख

    ५ करोड २२ लाख

    सनराइज

    १० करोड

    ७ करोड ३६ लाख

    सेन्चुरी

    ६७ लाख

    ५ करोड ७७ लाख

    सानिमा

    ५१ लाख

    ५ करोड ९७ लाख

    एसबिआइ

    २० लाख

    ३ करोड १५ लाख

    कुल

    १२ अर्ब ३९ करोड

    ४ अर्ब १ करोड

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १४:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij