Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, कहिलेसम्म दिन सकिने आवेदन ?

तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, कहिलेसम्म दिन सकिने आवेदन ?


  • 6.7K
    Shares

    तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, कहिलेसम्म दिन सकिने आवेदन ?
    images

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

    कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १४:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij