Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन समितिको निर्देशन

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन समितिको निर्देशन


  • 5.0K
    Shares

    भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन समितिको निर्देशन

    काठमाडौं । भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो । 

    समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । समितिमा सांसदहरुले कक्षा १२ को परीक्षा छिटो गराउन समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।

    कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो । समिति सदस्य अन्जना बिशन्खेले परीक्षा जनस्वास्थ्य मापदण्डसहित गराउनुपर्ने भन्दै शैक्षिक सत्र बिथोल्न नहुने सुझाव दिएकी थिइन् । 

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १४:२६:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij