Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या


  • 5.6K
    Shares

    शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ।

    पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन ।

    एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना हुन थालेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

    राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन नसेकेको केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए ।

    उनका अनुसार परिषद्को बैठक शिक्षा मन्त्रीको अध्यक्षतामा बस्ने गरेको छ । नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा नै लिएका छन् ।

    प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रममा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ ।

    गत वर्ष कक्षा ११ का विद्यार्थीहरुले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गरेका थिए भने यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नुपर्ने भएको छ ।

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १२:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij