२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको ४० मिनेटमै तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले ओरालो लागेको छ ।
आज खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।
खानीखोला हाइड्रोपावरको शेयरमुल्य प्रतिकित्ताको रु ३९६.९०, आँखुखोला हाइड्रोपावरको रु ४०९.५० र जोशी हाइड्रोपावर डेभलपमेन्टको रु ४०३.२० पुगेको छ ।
यस्तै, घलेम्दी हाइड्रो,दिवेश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij