२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १५ औँ र १६ औँ वार्षिक साधारणसभा असोज १६ आह्वान गरेको छ।
कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार सभा हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६र७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij