Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मञ्जुश्री फाईनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाईनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 5.9K
    Shares

    मञ्जुश्री फाईनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले साउन २१ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

    संस्थाले प्रति शेयर न्युनतम मूल्य ३ सय रुपैयाँ तोकेर १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर साउन १४ गतेदेखि बिक्रिमा ल्याएको हो ।

    शेयर खरिदको लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै शेयर संख्या माग गर्न सकिने कम्पनीले ब्यवस्था गरेको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १४ गते देखि मिति भाद्र ८ गते (आज) सम्ममा बोलकबोल पेश गर्न सक्नेछन् ।

    शेयर बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

     

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - ११:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij