Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ को परीक्षा दशै अगाडी नै गर्ने बोर्डको तयारी, १५ दिन अगाडि नै सूचना दिने

कक्षा १२ को परीक्षा दशै अगाडी नै गर्ने बोर्डको तयारी, १५ दिन अगाडि नै सूचना दिने


  • 6.9K
    Shares

    कक्षा १२ को परीक्षा दशै अगाडी नै गर्ने बोर्डको तयारी, १५ दिन अगाडि नै सूचना दिने

    काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगावै गर्ने तयारी गरेको छ । यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

    परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै कक्षा १२ को परीक्षा लिनेगरि तयारी थालिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

    उनकाअनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकृति दिएमा दसैंअगाडि नै परीक्षा गर्न सकिने बताए । सीसीएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे जानकारी दिइने बोर्डको तयारी छ ।

    सरकारले यसै साता मात्रै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

     

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १६:५३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij