२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।
नेप्सेले वर्गीकरणमा समावेश गरेका २२६ कम्पनीमध्ये २९ वटा कम्पनी ‘ए’, १२ वटा ‘बी’, २८ वटा ‘सी’ र १५७ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गीकरण गरेको हो । ए वर्गमा परेका कम्पनीलाई तुलनात्मक रुपमा उत्कृष्ट कम्पनी मानिन्छ भने जेड समूहमा परेकालाई खराब कम्पनी मानिन्छ ।
नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना लगायतको आधारमा कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।
अधिकांश कम्पनी खराब कम्पनीको सूचीमा
सार्वजनिक वर्गीकरण अनुसार अधिकांश कम्पनी खराब कम्पनीको समूहमा परेका छन् । सूचीकृतमध्ये तुलनात्मक रुपमा नराम्रा कम्पनीको समूह मानिएको ‘जेड’ समूहमा १५७ कम्पनी परेका छन् । सूचीकृत कुल २२६ कम्पनीमध्ये १५७ कम्पनी खराब कम्पनीको सूचीमा परेका छन् । यो कुल संख्याको ७० प्रतिशत हो ।
कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।
‘ए’ समूहमा २९ वटा मात्र कम्पनी
नेप्सेले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वर्गीकरणअनुसार ‘ए’ समूहको कम्पनीको सूचीमा २९ वटा कम्पनी परेका छन् । जसमा २० वटा वाणिज्य, २ विकास बैंक, एकएक वटा माइक्रोफाइनान्स र फाइनान्स र ४ वटा हाइड्रोपावर कम्पनी ‘ए’ समूहमा परेका छन् ।
नेप्सेको सूची अनुसार कृषि विकास, बैंक अफ काठमाण्डू, सेञ्चुरी, सिटिजन्स् इन्टरनेशनल, एभरेष्ट, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी, मेगा, नबिल, नेपाल बंगलादेश, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआइ, एनएमबी, एनआइसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, सनराइज र सानीमा बैंक ‘ए’ वर्गमा परेका छन् ।
यसैगरी, विकास बैंकमध्ये कामना सेवा र साइन रेसुंगा, आइसीएफसी फाइनान्स, आरएमडीसी लघुवित्त, अपि पावर, बुटवल पावर, सानिमा माइ र युनाइटेड मोदी हाइड्रोपावर पनि नेप्सेको ‘ए’ समूहमा परेका छन् ।
कस्ता कम्पनी कुन वर्गमा पछन् ?
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह ‘ए’ मा पर्न सक्छन् ।
त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह ‘ए’ मा पर्न सक्छन् ।
यस्तै, चुक्ता पूँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भएका, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह ‘बी’ मा पर्छन् ।
सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरू ‘जी’ समूहमा पर्छन् भने ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij