Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी ९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के र लाभांश कति ?

यी ९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के र लाभांश कति ?


  • 7.1K
    Shares

    यी ९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के र लाभांश कति  ?
    images

    विभिन्न ९ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, एउटा कम्पनीको विशेष साधारण सभा र ८ वटा कम्पनीको वार्षिक साधारण सभा हुन लागेको हो ।

    साधारण सभा हुन लागेको कम्पनीहरूको विवरण यस प्रकारको छ :
    १) सहारा विकास बैंक लिमिटेड

    सहारा विकास बैंक लिमिटेडको आठौँ, नवौं र दशौँ वार्षिक साधारण सभा भदौ १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे सुरु हुनेछ । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्नेछ । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबात सहारा विकास बैंक लिमिटेडको छल, अचल सम्पत्ति र दायित्व मुल्यांकन (Due Diligence Audit, DDA) प्रतिवेदन  तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो) एक बराबर एक (१:१) अनुमोदन गर्नेछ  ।

    यसका साथै, सभामा आर्थिक वर्ष २०७४र७५, २०७५र७६ र २०७६र७७ को संचित मुनाफाबाट शेयरधनीलाई हाल कामय चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत अर्थात १ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

    २) गरिमा विकास बैंक लिमिटेड

    गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभा भदौ १५ गते, मंगलबार बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले  निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ । यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू। ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

    ३) सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

    सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साउन २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भाद्र १८ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

    यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ४) ङादी ग्रुप पावर लिमिटेड 

    ङादी ग्रुप पावर लिमिटेडको आठौँ वार्षिक साधारण सभा असोज ३ गते काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७र८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र  १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन)सहित कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यसका साथै, बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

    ५) अपी पावर कम्पनी लिमिटेड

    अपी पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १.०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्नेछ ।  

    ६) अरुण काबेली पावर लिमिटेड

    अरुण काबेली पावर लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयर वितरणपश्चात् १ः१ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव समेत साधारण सभामा लैजानेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    ७) श्रीराम सुगर मिल्स

    श्रीराम सुगर मिल्सको पच्चीसौँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।  सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

    ८) नेपाल फाइनान्स कम्पनी लिमिटेड

    नेपाल फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा भदौ २६ गते, शनिबार  कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त सभाले हकप्रद जारी गर्ने  विशेष प्रस्ताव पारित गर्नेछु । यसअघि कम्पनीलेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो । उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ। 

    सभाले कम्पनीको हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै ७० प्रतिशत अर्थात् १:०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गर्नेछ। कम्पनीले  साधार णसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन्। 

    ९) बेष्ट फाइनान्स कम्पनी लिमिटेड

     बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारण सभा भदौ ३० गते, फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १२:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij