Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिविका परीक्षा भदौ महिनामै

त्रिविका परीक्षा भदौ महिनामै


  • 35.0K
    Shares

    त्रिविका परीक्षा भदौ महिनामै

    त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण  कार्यालयले दिएको छ ।

    विश्वविद्यालयका  परीक्षा  नियन्त्रक  पुष्पराज  जोशीले  कोभिड–१९ सङ्कट व्यवस्थापन  केन्द्र (सीसीएमसी)  सँगको  स्वीकृतिमा  भदौको  परीक्षा कार्यतालिका  नियमित  रूपमा  सञ्चालन  हुने  जानकारी  दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ  एलएलबी  प्रथम  वर्षको  परीक्षा  सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

    यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले  आगामी  दिनको  परीक्षा  सञ्चालन  गर्न  हुने  नहुने  सम्बन्धमा  हाल  सञ्चालित  विभिन्न  तहको  परीक्षाको  निरीक्षणसमेत  गरेको  थियो  । 

    निरीक्षणका  क्रममा  सीसीएमसीका  अधिकारीहरूले  स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी  लिखित  रूपमा  नै  विश्वविद्यालयलाई  सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन  गरिने  र  परीक्षा  केन्द्रमा  समेत  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

    यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म  प्रकाशित कार्यतालिकाअनुसारको  परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो । विश्वविद्यालयमा  वार्षिक  परीक्षा  प्रणालीअन्तर्गत  मानविकीतर्फ  स्नातक  तह  प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि  उक्त  परीक्षा  दिएका  हुन् । 

    स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल  स्नातकोत्तर  तहका  विभिन्न  सङ्कायका  सेमेस्टर  प्रणालीअन्तर्गत  परीक्षा  कार्यक्रम सञ्चालन भइरहेको छ । परीक्षा  विश्वविद्यालय  क्याम्पस  कीर्तिपुरमा  सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले  परीक्षा  सञ्चालनमा  कुनै  समस्या  नभएको  जानकारी  नियन्त्रक  जोशीले  दिए । 

    विश्वविद्यालयका  अधिकांश  शिक्षक,  कर्मचारीले  कोरोनाविरुद्धको  खोप  लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले  विश्वविद्यालयको  परीक्षा  कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १०:३३:१७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij