Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड भन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड भन्दा बढी


  • 8.8K
    Shares

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड भन्दा बढी

    भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४७७ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । 

    मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार  व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ । (रासस/सिन्ह्वा)

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १२:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij