Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लिन किन ढिलाई गर्दैछ आयोग ? यस्तो छ कारण

स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लिन किन ढिलाई गर्दैछ आयोग ? यस्तो छ कारण


  • 11.1K
    Shares

    स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लिन किन ढिलाई गर्दैछ आयोग ? यस्तो छ कारण

    मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ ।

    पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले मंगलबार आयोगमा अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षमा पूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यहरूमा पूर्वसहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जन छन् ।

    आर्थिक वर्ष २०७४/७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको छैन । करिब सात लाखले अध्यापन अनुमतिपत्र लिएर बसेका छन् । १२ हजार ६ सय स्थायी शिक्षकको दरबन्दी अहिले नै रिक्त छ । २०७८ चैतसम्म थप तीन हजार शिक्षक नियमित अवकाशमा जाने र दरबन्दी रिक्त हुने अनुमान गरिएको छ । ‘चैत मसान्तसम्म रिक्त हुने दरबन्दीलाई समेत हिसाब गरेर विज्ञापन गर्न सकिन्छ,’ प्रमुख श्रेष्ठले भने । २ हजार ७ सय शिक्षकको नियमित बढुवा गर्नुपर्नेछ ।

    २०७४/७५ मा प्राथमिक तहमा ९ हजार ९ सय ५६, निम्नमाध्यमिक तहमा १ हजार ५ सय ७४ र माध्यमिक तहमा १ हजार ९७ जना शिक्षक आयोग परीक्षा उत्तीर्ण गरेर स्थायी भएका थिए । हाल प्राविमा साढे ९ हजार, निमाविमा २ हजार र माविमा १ हजार १ सय शिक्षकको दरबन्दी खाली छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त शिक्षक दरबन्दी आयोगलाई वार्षिक उपलब्ध गराउँछ । सोहीअनुसार आयोगले प्रतिस्पर्धाबाट शिक्षक छनोट र सिफारिस गर्छ । ‘पहिले स्थायी पदपूर्तिको विज्ञापन खोल्ने र लाइसेन्स परीक्षाका लागि पनि आवेदन माग गर्ने सोचमा छौं,’ श्रेष्ठले भने । लाइसेन्स परीक्षा २०७५/७६ मा पनि लिइएकाले पहिले स्थायी पदपूर्तिलाई प्राथमिकता दिइने उनले बताए ।

    सामुदायिक विद्यालयमा न्यून दरबन्दी हुँदा विषय शिक्षकको चरम अभाव छ । स्वतः अवकाश भएपछि रिक्त दरबन्दीमा पद पूर्ति नहुँदा विद्यालयले करारमा शिक्षक राखेर पठनपाठन गराइराखेका छन् । सामुदायिकमा करिब ५८ हजार शिक्षक अपुग रहेको अनुमान छ । अभाव टार्न स्वयंसेवक शिक्षक खटाउने नीति पनि सरकारले लिएको छ । शिक्षक अभाव कम गर्न बजेटमा अंग्रेजी, विज्ञान र गणित शिक्षक नियुक्ति गर्न विद्यालयहरूलाई अनुदान दिने व्यवस्था गरिएको छ । सरकारले दरबन्दी मिलान थाले पनि प्रभावकारी छैन ।

    ‘आयोगले परीक्षा नखुलाउँदा लाइसेन्स लिएर बसेका धेरैको उमेर हद नाघेको छ,’ तनहुँस्थित रत्न माविका शिक्षक रमेश भट्टराईले भने, ‘नियमित बढुवा हुने शिक्षक पनि त्यतिकै अवकाश हुनुभयो ।’ 

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १५:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij