Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल, एन्ड्रोइड १२ आएपछि हटाईने

एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल, एन्ड्रोइड १२ आएपछि हटाईने


  • 7.2K
    Shares

    एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल, एन्ड्रोइड १२ आएपछि हटाईने

    गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई गूगलले एन्ड्रोइड १२ आएपछि हटाउने भएको हो ।

    गूगल एसिस्टेन्ट ड्राइभिङमा एन्ड्रोइड अटो एप भन्दा यूजर मैत्री इन्टरफेस हुने भएकाले पनि एपले एन्ड्रोइड अटो एप बन्द गर्ने भएको हो ।

    एन्ड्रोइड १२ देखि गूगल एसिस्टेन्ट ड्राइभिङ मोड बिल्ट इन हुने भएको छ । गूगल एसिस्टेन्ट ड्राइभिङ मोड प्रयोग गर्दा पनि एन्ड्रोइड अटो एप भन्दा धेरै बेग्लै अनुभव नहुने कम्पनीले बताएको छ ।

    एन्ड्रोइड अटो एपले पिक्सेल फोनहरुमा नचल्न थालेको छ । यो फिचर सन् २०१९ मानै घोषणा गरिसकिएको थियो तर सार्वजनिक हुन ढिलो भएर बल्ल अहिले सार्वजनिक भएको छ । 

     

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १५:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij