Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मानुषी लघुवित्तको आईपीओ सोमबार गोलाप्रथाबाट बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

मानुषी लघुवित्तको आईपीओ सोमबार गोलाप्रथाबाट बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?


  • 17.7K
    Shares

    मानुषी लघुवित्तको आईपीओ सोमबार गोलाप्रथाबाट बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?
    images

    मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (भदौ ७ गते, सोमबार) हुने भएको छ । उक्त आईपीओको प्री-अलोटमेन्ट भदौ ३ गते, बिहीबार सम्पन्न भएको थियो । 

    संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

    अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । 

    मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १३:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij