२०८२ मंसिर १२ गते शुक्रवार
हाल बजारमा विभिन्न ६ वटा कम्पनीको लिलामी सेयर धमाधम बिक्री भइरहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको सेयर, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एउटा कम्पनी सेयर र मुक्तिनाथ विकास बैंक तथा मञ्जुश्री फाइनान्सको गरी कुल ६ वटा कम्पनीको लिलामी सेयर बिक्रीमा भइरहेको हो ।
एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको सेयर
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर भदौ ४ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले मेरो माइक्रोफाइनान्सको ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ५७६ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ६०३ रुपैयाँ र नागरिक लगानी कोषको मूल्य १४१० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले यस सेयरमा भदौ १८ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तको सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर
आईसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता संस्थापक समूहको सेयर साउन २१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ । उक्त सेयरको न्युनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार कमलादी काठमाडौंमा बुझाउन सकिनेछ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिाथ विकास बैंक लिमिटेडले साउन १९ गते, मंगलबारबाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिाथ क्यापिटल, हात्तिसार काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
मञ्जुश्री फाइनान्स
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले साउन १४ गतेबाट १२ हजार ५ सय ८७ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij