२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रहरीले बैकिङ कसूर मुद्दाका फरार अभियुक्त शोभा घिमिरेलाई बिहीवार पक्राउ गरेको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका-२ बस्ने २९ वर्षीया घिमिरेलाई प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनी जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा छ महीना कैद र ७ लाख ७४ हजार ५४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी थिइन् ।
उनलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij