Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिनर्जी पावरको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सिनर्जी पावरको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 


  • 4.1K
    Shares

    सिनर्जी पावरको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
    images

    काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले प्रस्ताव गरेको १०.५० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । 

    यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू ७३ करोड ३२ लाख ५० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले प्रस्तावित १० प्रतिशत बोनस शेयरपश्चात कायम हुने चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय समेत गरेको छ ।

    उक्त लाभांश र हकप्रद शेयर विक्रीको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष कम रू ८ करोड ३५ लाख ७७ हजार रहेको छ । विद्युत् विक्रीबाट गत चौथो त्रैमाससम्म रू २० करोड १५ लाख ७५ हजार आम्दानी गरेको कम्पनीले रू ८ करोड २७ लाख ४९ हजार खुद नाफा गरेको छ ।

    वार्षिक प्रतिशेयर आम्दानी रू ११ दशमलव २९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू। १११ दशमलव ४० रहेको छ । 

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १२:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij