Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढे

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढे


  • 3.8K
    Shares

    कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढे

    कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

     यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भन्नुभयो, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हँुदैछ ।”

     त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइपलाइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ ।

     “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।” अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ ।

     स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १०:२९:४१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij