२०८२ भाद्र ३ गते मंगलवार
नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ ।
घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उ
हाँका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।
पहिराले घरसमेत जोखिममा परेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij