२०८२ माघ ७ गते बुधवार
बु•न•पा•-८, मन्डिखाटार स्थित युरेसियन स्कुलकी प्रिन्सिपल रिङ्कु ढकाल उत्कृष्ट शैक्षिक अवार्ड (कोभिड हिरो अवार्ड) बाट सम्मानित भएकी छन् । विभिन्न विधाका सर्वोत्कृष्ट व्यक्तित्व छनोट गर्ने क्रममा उनलाई कोभिड महामारीबीच पनि निरन्तर भर्चुअल प्रविधिको माध्यमबाट स-साना नानीहरूलाई कसरी प्रभावकारी माध्यमबाट शिक्षण सिकाइ गर्न सकिन्छ भनी बालमनोविज्ञानमा आधारित शिक्षणमा समर्पित भएवापत् उक्त अवार्डले विभूषित गरिएको बोस्टर मिडियाले जनाएको छ । उनलाई दुई वर्षअघि अन्तर्राष्ट्रिय थाई अवार्ड पनि प्रदान गरिएको थियो ।

अन्य झण्डै आधा दर्जन पुरस्कार तथा सम्मानद्वारा सम्मानित रिङ्कु ढकालको कथन छ-' अब पनि वैकल्पिक खालको प्रविधिमैत्री तथा सिकाइमैत्री शिक्षण पद्धति अपनाउन सकिएन भने कलिला मुनालाई हामीबाट घोर अन्याय गरिएको हुनेछ ।' आफ्नो एकमात्र अठोट वैकल्पिक ढङ्गले अपनाउन सक्ने बालमैत्री शिक्षा भएको उनको जिकिर थियो । शिक्षाका आम सरोकारवालाहरूमाझ 'गरे सकिन्छ' भन्ने सन्देश आफूले प्रवाह गर्न खोजेको पनि उनले दाबी गरिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij