Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ज्योति लाइफको नाफा  १३ करोड पुग्दाँ बिमा शुल्क ६५.६७५ले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्योति लाइफको नाफा  १३ करोड पुग्दाँ बिमा शुल्क ६५.६७५ले वृद्धि, प्रतिशेयर आम्दानी कति ?


  • 4.9K
    Shares

    ज्योति लाइफको नाफा  १३ करोड पुग्दाँ बिमा शुल्क ६५.६७५ले वृद्धि, प्रतिशेयर आम्दानी कति ?
    images

    काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनी ले १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    यो नाफा अघिल्लो वर्षको भन्दा ८०.५० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार पनि ११४.१९ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ थियो । यसको खुद बिमा शुल्क ६५.६७ प्रतिशतले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ भने १२९.३१ पैसा छ । हाल यसको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ५७ करोड ४८ लाख रुपैयाँ छ ।  

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १५:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij