Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद कर्मचारी संघको अध्यक्षमा दिपक टण्डन

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद कर्मचारी संघको अध्यक्षमा दिपक टण्डन


  • 6.4K
    Shares

    प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद कर्मचारी संघको अध्यक्षमा दिपक टण्डन

    प्राविधिक शिक्षा तथा ब्यवसायिक (सिटिईभिटी) तालीम परिषदको केन्द्रीय कार्यलयमा २०७८।०४।२९ र ३० गते सम्पन्न कर्मचारी संघको केन्द्रीय अध्यक्षमा दिपक टण्डन निर्वाचित भएका छन् ।

    लामो समय देखि विकराल रुपमा रहेको करार कर्मचारीहरुको समस्या, स्थाई कर्मचारीहरुको ब्यवस्थिकरण, संस्ठाको शैक्षिक उन्नयन र विकासको नाराका साथ अध्यक्ष टण्डनको समुह विजयी भएको हो ।

    dee.jpg

    निर्वाचित कार्य समितिलाई करार कर्मचारीहरुको स्थायित्व प्रक्रिया र परिषद भित्रका सम्बन्धन वितरण लगायतका व्यथिती न्युनिकरण गर्नु नै चुनौती र जिम्मेवारी रहेको नवनिर्वाचित उपाध्यक्ष विनय देवकोटाले बताए ।

    परिषद केन्द्रीय कार्यलयमा साउन २९-३० मा सम्पन्न कर्मचारी संघको भेलाबाट वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरूमा विनय देवकोटा, सञ्जयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले र ध्रुवराज न्यौपाने निर्वाचित भएका छन्।

    d.jpg

    यस्तै महासचिवमा कृष्णबहादुर खड्का, उपमहासचिव प्रमोद पौड्याल र कोषाध्यक्ष शिवराम श्रेष्ठ भएका छन्।

    सदस्यहरूमा भरत सापकोटा, साइमन जवेगु (लिम्बु), हर्कबहादुर चौधरी, गोविन्दबहादुर पुन, मनोजकुमार यादव, रमेश केसी, नवराज पौड्याल, मधुसुदन हुमागाई, आस्ठा गैरे, दिनेशकुमार मण्डल, ताराबहादुर नेपाली, ध्रुव महर्जन र नयन राज कोइराला छन्।

     

     

     

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १६:५६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij