२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ३२ विन्दुमा पुगेको हो ।
त्यस्तै आज कारोबार रकम पनि बृद्धि भएको छ । आज १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज शेयरमूल्यमा १० प्रतिशतले बृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, पञ्चकन्यामाई हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिडिईबीडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij