२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । लक्ष्मी बैंकले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ गरुडा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यो शाखामार्फत बैंकले ग्राहकरुलको वित्तीय आवश्यकता पुरा गर्न सम्पुर्ण रिटेल बैकिङ सेवाको साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँज पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
सो नयाँ शाखाको शुरुवातसँगै बैकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा , ६ एक्सेटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर ,१६३ एटीयम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैकिङ एजेन्टहरु पुगेको छ ।
सुविधाजनक बचत खाता योजना , मुद्दती निक्षेप योजना , घर तथा सवारी कर्जा , साना व्यवसायी कर्जा , लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढुदो माग पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँज नपुगेको क्षेत्रहरुमा आक्रमक रुपममा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुको रोजाइको माध्यम अर्थात शाखा कार्यालय , इन्टरनेट बैंकिङ र मोवाइल फोनमार्फत बैकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा बैकिङ सेवा प्रभावकारी बनाउने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij