Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघदेखि

‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघदेखि


  • 7.6K
    Shares

    • images
    ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघदेखि
    images

    काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघबाट प्रसारणमा आउने भएको छ । स्ट्याण्ड–अप कमेडीमा आधारित यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।

    कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको अहिले अडिसन चरणको छायाँंकन सुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको निर्देशक भण्डारीले जानकारी दिए ।

    डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीहरुलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ ।

    पुस १ गते बुधवारदेखि सुरु भएको अडिसन शनिवारसम्म चल्नेछ । अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् । केकी अधिकारी निर्माता रहेको यो कार्यक्रम रीमा विश्वकर्मा होस्ट रहेकी छिन् ।

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १६:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij