Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५.७२ अंकले बढ्यो नेप्से, करिब १६ अर्बको कारोबार

५.७२ अंकले बढ्यो नेप्से, करिब १६ अर्बको कारोबार


  • 6.8K
    Shares

    ५.७२ अंकले बढ्यो नेप्से, करिब १६ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७२ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ५ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको छ भने आज कारोबार भएका सात समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र हिमालय उर्जा विकास कम्पनी रहेका छन् । 

    त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७४ करोड भन्दा बढीको कारोबार भएको छ ।        

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १५:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij