Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’

युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’


  • 7.9K
    Shares

    • images
    युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’
    images

    काठमाडौं । एक हप्ताअघि रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म दर्शकले युट्युबमा हेरेका छन् ।

    तर, निर्माण टिमले युट्युबमा दर्शकलाई कमेन्ट गर्न नमिल्ने बनाएको छ । हलमा रिलिज हुँदा पनि दर्शक र समीक्षकबाट ज्यादै नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई युटयुबमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो ।

    हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

    फिल्ममा भद्दा मजाक र लाउड अभिनय भएको भन्दै हरिवंश आचार्य र निरुता सिंहले गरेको अभिनयको टिप्पणी गरिएको थियो । हलमा रिलिज हुँदा नै नकारात्मक प्रतिक्रिया आएकाले मह टिमले कमेन्ट नै हटाएको हुनसक्ने आँकलन गरिएको छ ।

    यो समाचार तयार पार्दासम्म फिल्मलाई २२ लाख ५८ हजारभन्दा बढीले हेरेका छन् । फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रमिला आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ र सुदन केसीले फिल्म निर्माण गरेका हुन् । दीर्घ गुरुङको छायांकन रहेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।


    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १४:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij