Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड सम्पन्न

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड सम्पन्न


  • 8.9K
    Shares

    तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड सम्पन्न
    images

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि साउन १९ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि आईपीओ निष्काशन गरेको थियो । 

    उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम साउन २९ गते बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

    साथै, बाँडफाँडमा नपरेको रकम धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सम्बन्धीत आवेदकहरूको बैंक खातामा पठाइने पनि कम्पनीले जनाएको छ ।

    कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १२:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij