Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मानुषी लघुवित्तको आईीपओमा आवेदन दिने आज अन्तिम दिन, नाफा २३८५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

मानुषी लघुवित्तको आईीपओमा आवेदन दिने आज अन्तिम दिन, नाफा २३८५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?


  • 7.0K
    Shares

    मानुषी लघुवित्तको आईीपओमा आवेदन दिने आज अन्तिम दिन, नाफा २३८५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?
    images

    मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफामा बृद्धि भएको देखिन्छ ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

    चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

    समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि सामान्य बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा बृद्धि भएर १ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा  १ करोड ८९ लाख २२ हजार रुपैयाँमा सिमित थियो ।

    त्यस्तै, संस्थाको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा २८.७ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७९ पैसा रहेको छ ।

    संस्थाले यहि साउन २७ गतेदेखि आईपिओ बिक्रि खुल्ला गरेको छ । संस्थाको आईीपओमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

    जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १२:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij