Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

हैटीमा भूकम्पः ज्यान गुमाउनेको संख्या ३०४ पुग्यो, एक हजार ८०० भन्दा धेरै घाइते

हैटीमा भूकम्पः ज्यान गुमाउनेको संख्या ३०४ पुग्यो, एक हजार ८०० भन्दा धेरै घाइते


  • 6.4K
    Shares

    हैटीमा भूकम्पः  ज्यान गुमाउनेको संख्या ३०४ पुग्यो, एक हजार ८०० भन्दा धेरै घाइते
    images

    काठमाडौं । हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ३०४ पुगेको छ । दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म एक हजार ८०० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । घाइते हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ । 

    भूकम्पले घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन् ।  भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

    भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्र निरीक्षण गर्दै प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - ११:०९:३५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij