Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कुन बैंकले कति कमाए खूद नाफा ? यस्तो छ सबैको विवरण

कुन बैंकले कति कमाए खूद नाफा ? यस्तो छ सबैको विवरण


  • 6.6K
    Shares

    कुन बैंकले कति कमाए खूद नाफा ? यस्तो छ सबैको विवरण
    images

    राष्ट्रिय वाणिज्य बैंक

    नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/०७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ।व। को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । 

    यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुद ब्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ । 

    आ।व। २०७७/०७८ को बैंकको खुद ब्याज आम्दानी  ८ अर्ब २४ करोड (गत वर्ष ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड (गत वर्ष १० अर्ब ७० करोड), संचालन नाफा ५ अर्ब ९ करोड (गत वर्ष ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी  ६ अर्ब ३७ करोड (गत वर्ष २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड (गत वर्ष ४४ करोड ७७ लाख) रहेको छ । 

    यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा बैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ । २०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ । आ.व. २०७७/०७८ मा बैैंंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

    २०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर  ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ ।

    समीक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

    एनसीसी बैंक

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमाससम्म १ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु। १७ करोडले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब १० करोड थियो । 

    चुक्तापूँजी १० अर्ब ३१ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा भने ७१ करोड ४७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ६७ करोड रहेको संचालन मुनाफा २० करोडले बढेर १ अर्ब ८७ करोडको उचाईमा पुगेको छ भने ३ अर्ब २० करोड ९५ लाख रहेको खूद ब्याज आम्दानी ३ अर्ब २० करोड १० लाखमा सीमित भएको छ । यसरी खूद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८५ लाख रुपैयाँले कमी भएको देखिएको छ । 

    अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रहेको रिटेन अर्निंग घटेर यो वर्ष ७५ करोड २८ लाखमा सीमित बन्न पुगेको छ भने २ अर्ब ७५ करोडमा सीमित रिजर्बको आकार बढेर ३ अर्ब ५१ करोड पुगेको छ । समीक्षा अवधिसम्म एनसीसी बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म एनसीसी बैंकले ७२ अर्ब ८१ करोड निक्षेप संकलन गरी ६५ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको थियो । 

    कोरोनाकालमा पनि एनसीसी बैंकले खराब कर्जाको अनुपात घटाएको छ । अघिल्लो वर्षको यही अवधिमा २.८६ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.७८ प्रतिशतमा सीमित भएको छ भने १०.७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(इपीएस) १२.३२ रुपैंया पुगेको छ । 

    समीक्षा अवधिसम्म बैंकको कस्ट अफ फण्ड ५.६२ प्रतिशत, सीडी रेसियो ७८.१४ प्रतिशत, आधार दर ७.५७ प्रतिशत, पीई अनुपात २९.७८ गुणा, प्रतिसेयर नेटवर्थ १४१.४० रुपैयाँ, तरलता अनुपात २६.५७ प्रतिशत कायम भएको छ । 

    नेपाल बंगलादेश बैंक

    नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २ अर्ब २९ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो वित्तीय विवरण अनुसार बैंकको नाफा २ अर्ब माथि देखिएको हो । बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । 

    अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले ट्रेडिङबाट ६१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २२ करोड ९० लाख आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ट्रेडिङ आम्दानी ३ गुणाले बढाएको छ ।

    बैंकको ब्याज आम्दानी भने गत आवमा घटेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने आर्थिक वर्ष २०७६/०७८ मा ७ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ रहेको थियो । बैंकको प्रति सेयर आम्दानी २५.४६ रुपैयाँ छ ।

    गतवर्षको नाफाबाट बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ४७ करोड आम्दानी गरेको छ । ९ अर्ब चुक्ता पूँजी रहेको बैंकले गतवर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । लेखापरिक्षण हुँदा यो रकम फरक पर्छ । असार मसान्तसम्म बैंक ८७ अर्ब १२ करोड रहेको छ भने कर्जा ६८ अर्ब ४८ करोड रहेको छ ।

    कृषि विकास बैंक

    कृषि विकास बैंकले नाफा ११ प्रतिशतले बढाएको छ । कृषि विकास बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

    बैंकको नाफा बढेपनि आम्दानीको मुख्य स्रोत मानिने ब्याज आम्दानी भने घटेको छ । गतवर्ष कृषि विकास बैंकले ब्याज आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो ६ अर्ब ७१ करोड रुपैयाँ गरेको थियो । बैंकले ट्रेडिङ र अन्य आम्दानी भने बढाएको छ । ट्रेडिङ आम्दानी गतवर्ष ९५ करोड गरेको छ भने अन्य संचालन आम्दानी ५० करोड गरेको छ । जुन अघिल्लो वर्ष ट्रेडिङ ३९ करोड तथा अन्य संचालन आम्दानी ३ करोड ५९ लाख थियो ।

    १६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको कृषि विकास बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ६२ अर्ब रहेको छ कर्जा १ खर्ब ५२ करोड रहेको छ । बैंकले गतवर्षको नाफाबाट मात्र सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ । यस्तै पूँजीकोष अनुपात २३.१३ प्रतिशत छ । ७३.५३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । ७.१३ प्रतिशत बेसरेट छ भने ४.३७ प्रशित स्प्रेडमा बैंकले काम गरेको छ ।

    कुमारी बैंक

    कुमारी बैंकले ७४ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार करिब ७४ प्रतिशतले नाफा बढाएको हो । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब १५ करोड थियो ।

    कुमारी बैंकको नाफा बढ्नुमा ब्याज आम्दानीसँगै अन्य आन्दानीले सहयोग गरेको देखिएको छ । कुमारी बैंकले ब्याज आम्दानीबाट ५ अर्ब २३ करोड कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ५७ करोड थियो । यस्तै अन्य आन्दानीबाट ४० करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो शिर्षकको आम्दानी १५ करोड थियो । १३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकको असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप छ । 

    यस्तै कर्जा १ खर्ब ३७ करोड रुपैयाँ रहेको छ । कुमारी बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९ करोड आर्जन गरेको छ । १३.७१ प्रतिशत पूँजीकोष अनुपात रहेको कुमारी बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत रहेको छ । बेसरेट ७.९० प्रतिशत रहेको कुमारी बैंकले ३.१३ प्रतिशत स्प्रेडदरमा काम गरेको छ । कुमारीले अघिल्लो आवमा तत्कालीन देव विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको वित्तीय विवरणमा थप प्रगति भएको देखिन्छ ।

    नेपाल इन्भेष्टमेन्ट बैंक

    नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतले नाफा बढाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ४२ करोड थियो ।

    ब्याज आम्दानी घटेपनि अन्य संचालन आम्दानी बढ्दा नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतले नाफा बढाउन सफल भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रहेको ब्याज आम्दानी गतवर्ष घटेर ५ अर्ब ५९ करोडमा झरेको छ ।

    बैंकले अघिल्लो वर्ष नउठेको ऋण समेत उठाएको छ । १६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९९ करोड रुपैयाँ गरेको छ । १४.६४ प्रतिशत पूँजीकोष अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको असार मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

    बैंकको गतवर्षभन्दा बेसरेट तथा स्प्रेडसमेत घटेको छ । बैंकको बेसरेट ५.७४ प्रतिशत छ भने ३.३३ प्रतिशत स्प्रेडमा बैंकले काम गरेको देखिएको छ । प्रति सेयर आम्दानी २२ रुपैयाँ ५७ पैसा रहेको छ ।

    लक्ष्मी बैंक

    लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । शुक्रबार सार्वजनिक भएको लक्ष्मी बैंकको वित्तीय विवरण अनुसार बैंकले अघिल्ले वर्षको तुलनामा ९।२० प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ४१ करोड रहेको थियो ।

    लक्ष्मी बैंकको ब्याज आम्दानी भने घटेको छ । कमिसन आम्दानी बढ्दा लक्ष्मी बैंकले नाफालाई केही बढाउन सकेको देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रहेको ब्याज आम्दानी गतवर्ष ३ अर्ब २१ करोडमा झरेको छ । कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा बैंकले गतवर्षको भन्दा नाफामा केही सुधार गरेको छ ।

    १० अर्ब ६९ करोड चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब गरेको छ । असार मसान्तसम्ममा लक्ष्मी बैंकसँग १ खर्ब १४ अर्ब रहेको छ भने कर्जा १ खर्ब ६ करोड रहेको छ ।

    लक्ष्मी बैंकको पूँजीकोष अनुपात ११.८५ प्रतिशत रहेको छ । यस्तै १४.४१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । १.२१ प्रतिशत खराब कर्जा अनुपात रहेको लक्ष्मी बैंकको कर्जा निक्षेप अनुपात ७९.६६ प्रतिशत पुगेको छ । ७.०८ प्रतिशत बेसरेट रहेको लक्ष्मी बैंकको स्प्रेडदर ३.४२ प्रतिशत रहेको छ ।


    मेगा बैंक

    मेगा बैंकले गतवर्ष ४५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष मेगा बैंकको नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । ब्याज आम्दानी तथा कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा मेगा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सफल भएको हो । 

    मेगा बैंकको गतवर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो । १४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ५१ करोड गरेको छ । गतवर्षको नाफाबाट मात्र मेगा बैंकले सेयरधनीलाई १०.४४ प्रतिशत लाभांश दिनसक्छ ।

    १५.७१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको मेगा बैंकको पिइ रेसियो २३.२ रहेको छ । मेगा बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ३७ अर्ब छ । कर्जा निक्षेप अनुपात ८२.६९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले गतवर्षदेखि कर्जा निक्षेप अनुपात ८५ प्रतिशत सिमा बनाएको छ ।

    १२.९८ प्रतिशत पूँजीकोष अनुपात रहेको मेगा बैंकको खराब कर्जा अनुपात १.२६ प्रतिशत रहेको छ । बैंकको अघिल्लो वर्षको भन्दा स्प्रेड तथा बेसरेट घटेको छ । मेगा बैंकको बेसरेट ७.६१ प्रतिशत छ भने स्प्रेड ४.१६ प्रतिशत रहेको छ ।


    हिमालयन बैंक

    हिमालयन बैंकले ३ अर्ब रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा हिमालयन बैंकले १५ प्रतिशतले नाफा बढाएर गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ ।

    अघिल्लो वर्ष हिमालयन बैंकको नाफा २ अर्ब ५८ करोड थियो । हिमालयन बैंकको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ८२ करोड रहेको हिमालयन बैंकको ब्याज आम्दानी गतवर्ष ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकले अन्य संचालन आम्दानी बढाएको कारण नाफा बढाएको हो ।

    १० अर्ब ६८ करोड चुक्ता पूँजी रहेको हिमालयन बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ । गतवर्षको नाफाबाट हिमालयन बैंकले २० प्रतिशत लाभांश दिनसक्छ ।

    असार मसान्तसम्ममा हिमालयन बैंकमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २८.०६ रुपैयाँ रहेको हिमालयन बैंकको खराब कर्जा अनुपात ०.४८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६.७७ प्रतिशत छ । यस्तै ६.७५ प्रतिशत बेसरेट रहेको हिमालयन बैंकको स्प्रेडदर ३.३२ प्रतिशत छ ।

    एभरेष्ट बैंक

    एभरेष्ट बैंकको खुद नाफा २७.३४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेर १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बै।कले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकद्वारा सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंक चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ कायम छ । सो आधारमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ४०.०९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

    बैंकको वितरण योग्य नाफा खुद नाफाभन्दा बढी हुनुमा अघिल्लो आवमा बैंकले गरेको प्रोभिजन राइट ब्याक हुँदा बढेको हो । यसैगरी, बैंकले सो अवधिमा १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ९६ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो आम्दानी अघिल्लो आवको तुलनामा २५.४३ प्रतिशत कम हो ।

    ब्याज आम्दानी घटेपनि बैंकले अन्य सञ्चालन आम्दानी भने वृद्धि गरेको छ । अघिल्लो आवमा बैंकले १२ करोड २२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो । गत आवको सोही अवधिमा बैंकले यस्स्तो आम्दानी १ सय २०.८९ प्रतिशत बिन्दुले थप गरी २६ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । तर, यता खुद सञ्चालन आम्दानी भने १७.३१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६ अर्ब १६ करोड ३८ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको बैंकले गत आवमा ५ अर्ब ९ करोड ६६ लाख रुपैयाँमात्र गरेको हो ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत, बेसरेट ५.९९ प्रतिशत, स्प्रेडरेट ३.२४ प्रतिशत, कष्टअफ फण्ड १२.५१ प्रतिशत, प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा, प्रतिसेयर नेटवर्थ २ सय ३२ रुपैयाँ ५८ पैसा रहेछ ।

    प्राइम बैंक

    प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा ४४.५६ प्रतिशतले नाफा बढाएको हो 

    बैंकको ब्याज आम्दानी तथा संचालन आम्दानी बढ्दा नाफा बढेको हो । प्राइम बैंकले खुद ब्याज आम्दानी २८.२६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशतले बढाएको छ । ब्याज आम्दानीबाट प्राइमले ५ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ । प्राइम बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ । १६ अर्ब ८ करोड चुक्ता पूँजी रहेको प्राइम बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ ।

    असार मसान्तसम्ममा प्राइम बैंकसँग १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । कर्जा निक्षेप अनुपात ७९.६ प्रतिशत छ । इपिएस २० रुपैयाँ रहेको छ । १५.१ प्रतिशत पूँजीकोष अनुपात रहेको प्राइम बैंकको खराब कर्जा अनुपात १.१९ प्रतिशत छ । ७.२१ प्रतिशत बेसरेट रहेको प्राइमको स्प्रेड ४.०९ प्रतिशत छ ।

    सानिमा बैंक

    सानिमा बैंकले २८ प्रतिशतले नाफा बढाएको छ । सानिमा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सानिमा बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

    सानिमा बैंकको ब्याज आम्दानीबाट ४ अर्ब ५२ करोड कमाएको छ । अघिल्लो वर्ष ४ अर्ब १८ करोड रहेको थियो । ९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको पूँजीकोष अनुपात १३.५४ प्रतिशत छ । गतवर्षको नाफाबाट सानिमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६८ करोड गरेको छ । यस आधारमा सानिमा बैंकको लाभांश क्षमता १७ प्रतिशत देखिन्छ ।

    असार मसान्तसम्ममा सानिमा बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष सानिमा बैंकको निक्षेप १ खर्ब ७ अर्ब थियो भने कर्जा ९० अर्ब थियो । सानिमा बैंकको प्रति सेयर आम्दानी २३.५१ रुपैयाँ रहेको छ । सानिमा बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । सानिमा बैंक खराब कर्जा कम हुने बैंकमा पर्छ । ६.३४ प्रतिशत बेसरेट रहेको सानिमा बैंकको ३.७३ प्रतिशत स्प्रेड रहेको छ ।

    एनआईसी एशिया बैंक

    एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ९ करोड थियो । 

    बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने अघिल्लो वर्षको तुलनामा खासै बढ्न भने सकेन । बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ। ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको एनआईसी एशियाली बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ गरेको छ ।

    बैंकको प्रतिसेयर २८ रुपैयाँ ११ पैसा रहेको छ । पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ। असार मसान्तसम्म एनआईसी एशियाको निक्षेप २ खर्ब ८६ अर्ब छ भने कर्जा २ खर्ब ४८ करोड रहेको छ ।


    सिभिल बैंक

    काठमाडौं । सिभिल बैंकले एकवर्षमा ३१ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । सिभिल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निक्षेपको आकार ८८ अर्ब पुर्याएको छ । अघिल्लो वर्षको असार मसात्मा सिभिल बैंकको निक्षेप ५७ अर्ब थियो । 

    यस्तै असार मसान्तसम्ममा सिभिल बैंकको ७९ अर्ब कर्जा रहेको छ । अघिल्लो वर्ष असार मसान्तमा सिभिल बैंकको कर्जा ५२ अर्ब थियो । व्यवसायको आकार बढेपनि सिभिल बैंकको नाफा भने स्थिर देखिएको छ । व्यवसाय बढेपनि ब्याज आम्दानी नबढेको कारण बैंकको नाफा स्थिर देखिएको हो । सिभिल बैंकले गत आर्थिक वर्षमा ५५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष सिभिल बैंकको नाफा ५५ करोड ५० लाख रहेको थियो । सिभिल बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ । व्यवसाय बढाएको कारण अघिल्लो वर्षको भन्दा सिभिल बैंकको पूँजीकोष अनुपात घटेको छ । असार मसान्तसम्म सिभिल बैंकको पूँजीकोष अनुपात ११.८८ प्रतिशत रहेको छ । ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको सिभिल बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत रहेको छ ।


    एनएमबि बैंक

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एनएमबि बैंकले ५९ प्रतिशतले नाफा बढाएको हो । एनएमबि बैंकको अघिल्लो वर्षको नाफा १ अर्ब ७१ करोड रहेको थियो ।

    वित्तीय विवरण अनुसार एनएमबि बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ । १६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको एनएमबि बैंकको पूँजीकोष अनुपात १५.०९ प्रतिशत छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ ।

    बैंकको इपिएस १६ रुपैयाँ ७८ पैसा रहेको छ । खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ प्रतिशत रहेको छ । बैंकको आरओई १२.०१ प्रतिशत रहेको छ ।

    माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड नाफा भएको छ । माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २६ करोड थियो ।

    ९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । माछापुच्छ्रेको ब्याज आम्दानी तथा कमिसन आम्दानी बढेसँगै नाफा बढेको छ । माछापुच्छ्रे बैंकले असार मसान्तसम्ममा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १३ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा माछापुच्छ्रे बैंकमा १ खर्ब ४ अर्ब थियो भने कर्जा ९२ अर्ब थियो ।

    पूँजीकोष अनुपात १२ प्रतिशत रहेको माछापुच्छ्रे बैंकको खराब कर्जा अनुपात ०.६२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८०.१२ प्रतिशत रहेको माछापुच्छ्रे बैंकको ७.७६ प्रतिशत बेसरेट रहेको छ भने ३.८२ प्रतिशत स्प्रेड रहेको छ ।

    प्रभु बैंक

    प्रभु बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाएको छ । प्रभु बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो ।

    बैंकको ब्याज आम्दानी,ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ । प्रभु बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु बैंकले एकवर्षको अवधीमा निक्षेप कर्जा आकार बृद्धि राम्रो देखिएको छ ।

    असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो । प्रभु बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ४८ करोड रुपैयाँ गरेको छ । यसबाट मात्र प्रभु बैंकल सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ ।

    पूँजीकोष अनुपात १३.०७ प्रतिशत रहेको प्रभु बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत छ । बेसरेट ६.८८ प्रतिशत तथा स्प्रेड ३.६५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ। 

    नेपाल बैंक

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ३१.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ३३ करोड नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको सञ्चालक मुनाफा पनि ३८.३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। बैंकको ६ अर्ब ४६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

    बैंकले १ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको रिजर्भको आकार ९.९९ प्रतिशतले बढेर २० अर्ब ६२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १८ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।

    चुक्तापुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकले खराब कर्जा २.४७ प्रतिशतबाट घटाएर २.१० प्रतिशतमा झार्न सफल भएको छ। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि २०.६८ रुपैयाँबाट बढेर २४.२६ रुपैयाँ भएको छ। पीई रेसियो १८.२६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २६३.१९ रुपैयाँ रहेको छ। 

     

    प्रकाशित मिति :श्रावण ३० २०७८ शनिवार - १३:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij