२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij