२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सरकार परिवर्तन भएको हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियो ।
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले संचालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए । केन्द्रीय बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि रोकिएको थियो । गत वर्ष साउन २ गते मौद्रिक नीति ल्याइएको थियो । तर, यसपटक भने मौद्रिक नीति ल्याउन ढिलाई भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी साउनको पहिलो साता गरेपनि अर्थमन्त्री जनार्दन शर्माले रोक्न निर्देशन दिएपछि ढिलाई भएको बताइन्छ ।
यसपटकको मौद्रिक नीतिमा बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरमा समेत सहुलियत दिने भएको छ । त्यसका साथै ऋण विस्तार १९ प्रतिशत मात्र हुने गरी मौद्रिक नीति ल्याउंदैछ ।
यसपटकको मौद्रिक नीतिमा सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति नआउने स्रोतले दावी गरेको छ । पुंजी वृद्धिका लागि हकप्रद सेयर भने यसपटक पनि नदिने निश्चित भएको छ ।
कोभिडका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने गरी मौद्रिक नीति ल्याईने तयारी राष्ट्र बैंकको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij