Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी


  • 7.8K
    Shares

    आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

    जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ। मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।

    यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

    २०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । त्यतिबेला धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डौ–सुन्दरीजलरहेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री पुगेका थिए ।  

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - ११:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij