Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टेन्ट टाँगेर बसेका विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

टेन्ट टाँगेर बसेका विप्लव कार्यकर्ता हतियारसहित पक्राउ


  • 8.3K
    Shares

    टेन्ट टाँगेर बसेका विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

    खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् ।

    खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

    गएराति तामाङलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत बन्दोबस्तीमा सामानहरु समेत बरामद भएको चिमौरियाले बताए । तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - ११:२०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij