Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

किन मेरो सेयरमा बारम्बार देखिन्छ ‘ईडीआईएस’ नहुने समस्या ? यसो भन्छन् सीडीएससी र नेप्से

किन मेरो सेयरमा बारम्बार देखिन्छ ‘ईडीआईएस’ नहुने समस्या ? यसो भन्छन् सीडीएससी र नेप्से


  • 6.5K
    Shares

    किन मेरो सेयरमा बारम्बार देखिन्छ ‘ईडीआईएस’ नहुने समस्या ? यसो भन्छन् सीडीएससी र नेप्से
    images

    काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ मा ईडीआईएस नहुने समस्या पटकपटक देखिन थालेपछि लगानीकर्ताहरु हैरान भएका छन्।

    आफूले बेचेको सेयर हस्तान्तरण गर्न ईडीआईएस गर्नुपर्ने हुन्छ। तर ईडीआईएस नै नहुने समस्या पटकपटक देखिन थालेपछि लगानीकर्ताहरु मेरो सेयर प्रणालीप्रति सशंकित हुन थालेका छन्। 

    सीडीएससीले मेरो सेयरको क्षमता विस्तार र स्तरोन्नति गरेर लगानीकर्तालाई सुविधा दिइरहेको जनाउँदै आएको छ। तर दैनिकजसो साँझको समयमा ईडीआईएस नहुने समस्या आउने गरेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन्। 

    सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिनभरको कारोबारको टेड्र फाइल समयमै सीडीएससीलाई नपठाउँदाको अवस्थामा कहिलेकाहीँ छोटो समयका लागि ईडीआईएस नहुने समस्या देखिएको हुन सक्ने बताउँछन्। ‘यसलाई खासै ठूलो समस्या भन्न मिल्दैन किनकि प्राविधिक रुपमा केही समयका लागि यस्तो हुनु सामन्य नै हो’, उनले भने, ‘केही समयमै यो समाधान भइहाल्छ।’ 

    नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि मेरो सेयरमा कहिलेकाहीँ देखिने ईडीआईएस नहुने समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘नेप्सेबाट सीडीएससीमा डाटा पठाउँदा कहिलेकाहीँ ढिलो ट्रान्सफर हुने गएकोले यस्तो भएको हुन सक्छ’, उनले भने, ‘यो सामान्य कुरा हो, कहिलेकाहीँ कम्प्युटरबाट पेनड्राइभमा डाटा सार्दा ढिला भएजस्तै हो। केही समयमा आफैँ समाधान हुन्छ।’ 

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १२:१५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij