२०८२ मंसिर १२ गते शुक्रवार
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डौ महानगरपालिकाको वडा न १७ क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ।
यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।
यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij