२०८२ मंसिर १२ गते शुक्रवार
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन आग्रह गरेको छ।
पछिल्लो समय माछापुच्छ्रे बैंक लिमिटेडको नाममा नक्कली फेसबुक आईडी बनाएर म्यासेन्जरमार्फत ग्राहकसँग सम्पर्क गर्ने र विभिन्न जानकारी माग गर्ने गिरोह सक्रिय भइरहेको भन्दै बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई सचेत रहन आग्रह गरेको हो। https://www.facebook.com/Macchapuchhre-Bank-107513404852143/ नामक फेसबुक पेज खोलेर म्यासेन्जरमार्फत ग्राहकसँग च्याट गर्ने र विभिन्न जानकारी माग्नेलगायतका गतिविधि हुँदै आएको विज्ञप्तिमा जनाइएको छ।
त्यसैले अनधिकृत सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ओटीपी कोड, पासवर्ड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी आदि जस्ता जानकारी मागेको खण्डमा कोही–कसैलाई पनि नदिन बैंकले सुझाव दिएको छ।
यस्तो प्रकारका कल तथा म्यासेजहरु आएको खण्डमा अथवा अन्य कुनै समस्या वा जिज्ञासा भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१-५९७०५५५ मा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij