Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ओली सरकारले प्रत्येक नेपालीको भागमा ३४ हजार ऋण थपिदए, सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा

ओली सरकारले प्रत्येक नेपालीको भागमा ३४ हजार ऋण थपिदए, सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा


  • 5.5K
    Shares

    ओली सरकारले प्रत्येक नेपालीको भागमा ३४ हजार ऋण थपिदए, सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा
    images

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा हरेक नेपालीको टाउकोमा ३४ हजार रुपैयाँ ऋण थपिएको तथ्यांक सार्वजनिक भएको छ । 

    अर्थमन्त्री जनार्दन शर्माले मंगलबार सार्वजनिक गरेको श्वेतपत्र अनुसार ओलीले सरकारको नेतृत्व गरेपछि नेपालीको भागमा ३४ हजार ६ सय रुपैयाँ ऋण थपिएको छ । 

    तथ्यांक अनुसार केपी ओलीले सत्ता सम्हालेको वर्ष अर्थात आर्थिकवर्ष २०७३र०७४ को चैत्रसम्म नेपालको कूल सार्वजनिक ऋण ६ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ रहेकोमा २०७७र०७८ सम्म १७ खर्ब २९ अर्ब पुगेको छ । 

    यस हिसाबले आर्थिक वर्ष २०७३र७४ मा प्रतिव्यक्ति ऋण  २२ हजार १२९ रुपैयाँ रहकोमा २०७७र०७८ मा ५६ हजार ८ सय पुगेको छ । 

    तथ्यांक अनुसार केपी शर्मा ओलीले सत्ता सम्हालेको अवधिमा हरेक नेपालीको भागमा प्रतिव्यक्ति ऋण ३४ हजार ६ सय रुपैयाँ थपिएको छ । 

    अर्थमन्त्री शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा केपी शर्मा ओलीको शासनकालमा अर्थतन्त्रका अधिकांश सूचक थप खस्किएको र त्यसलाई पुनर्उद्धार गर्न सहज नरहेको संकेत गरिएको छ ।

    १६ चैत २०७४ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि शेर बहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गर्दा ‘देशको ढुकुटी लगभग रित्तो अवस्थामा रहेको’ भन्दै श्वेतपत्र जारी गरेका थिए ।

    त्यो बेला २०७४ चैतमा सरकारी कोष ४८ अर्ब रुपैयाँले घाटामा रहेको थियो । तर ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्दा आर्थिक वर्ष २०७७र७८ मा यस्तो घाटा १ खर्ब ४३ अर्ब रहने सरकारी अनुमान छ । 

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १३:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij