Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा उछाल : हालसम्मकै उच्च बिन्दुमा परिसूचक, झण्डै १८ अर्बको कारोबार

नेप्सेमा उछाल : हालसम्मकै उच्च बिन्दुमा परिसूचक, झण्डै १८ अर्बको कारोबार


  • 5.2K
    Shares

    नेप्सेमा उछाल : हालसम्मकै उच्च बिन्दुमा परिसूचक, झण्डै १८ अर्बको कारोबार
    images

    काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छायको छ। मंगलबार नेप्से ५१.८६ अंक बढेर ३१६१.८६ अंकमा बन्द भएको छ।

    यो नेप्से इतिहासको हालसम्मकै उच्च विन्दु हो। यसअघि साउन २० गते ३१२३.५० अंकको उच्च रेकर्ड बनेको थियो।

    समूहगत आधारमा मंगलबार हाइड्रोपावर, होटल एण्ड टुरिजम, टे«डिङ समूहको सेयरमा गिरावट आए पनि अन्य सबै समूहको सेयरमा हरियाल छायको छ।

    यस दिन कारोबार रकममा पनि उत्साहा देखिएको छ। मंगलबार २२५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख बराबरको सेयर खरिद बिक्री भएको छ।

    यस दिन ८ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिसत भन्दा धेरैले बढेको छ।

    ज्योति विकास, सिन्धु विकास, गुहेश्वरी मर्चेन्ट बैंक, कामना सेवा, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको हो।समग्र बजार बढे पनि सान्जेन जलविद्युतको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ।

    यस दिन सबैभन्दा धेरै अपर तामाकोशीको सेयर खरिद बिक्री भएको छ। उक्त कम्पनीको ८९ करोड ३३ लाख भन्दा धेरैको सेयर खरिद बिक्री भएको हो।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १६:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij