२०८२ मंसिर १२ गते शुक्रवार
कामना सेवा विकास बैंक र सिडिएससि बिच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवाविकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।
पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पूर्ण प्रसाद आर्चाय तथा बैैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धीकार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा,एक विस्तारीत शाखा लगायत ७० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij