२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो ।
विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले खोटाङमा ७.१५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij