Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२४ लाखभन्दा बढीले दिए सानिमा लाइफको आईपीओमा आवेदन

२४ लाखभन्दा बढीले दिए सानिमा लाइफको आईपीओमा आवेदन


  • 7.6K
    Shares

    २४ लाखभन्दा बढीले दिए सानिमा लाइफको आईपीओमा आवेदन
    images

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन (आईपीओ)मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

    साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । 

    रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो । 

    कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १६:१०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij