Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा १.४७ अंकको बृद्धि, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

नेप्सेमा १.४७ अंकको बृद्धि, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो


  • 5.8K
    Shares

    नेप्सेमा १.४७ अंकको बृद्धि, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से १.४७ अंकले बढेर तीन हजार एक सय ९ दशमलब ६० विन्दुमा पुगेको छ ।  

    नेप्सेका अनुसार आज १४ अर्ब १३ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    

    त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा आईसीएफसी फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्श, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  
          
    त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ६७ करोडको कारोबार भएको छ ।       

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १६:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij