२०८२ भाद्र ११ गते बुधवार
नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा ब्यस्त रहेका छन् । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी अहिले अर्का भोजपुरी फिल्म ‘माही’ निर्देशन गर्न भएका छन् ।
उनको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी फिल्ममा नेपाली अभिनेत्री नीता ढुंगानाले अभिनय गर्ने भएकी छन् । पहिला मुख्य अभिनेत्रीको रुपमा निर्माण टिमले काजल राघवानीसँग सम्झौता गरेको थियो तर उनको विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि निर्देशक पन्तले नीतालाई अनुबन्ध गरेका हुन् । नीताले यसअघि पनि केही भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।
कात्यायन फिल्म: क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्दैछन् भने आद्या गुप्ता र ज्योति दिनेश पाण्डे सह-निर्माताको रुपमा रहनेछन् ।
फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij