२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।
युट्युब तीन लाख ४० हजार बढीले हेरिसकेको जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन तथा गायक थापाकै सङ्गीत छ । गीतको भिडियोमा रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।
सङ्गीतकार थापाका गीतले युट्युबमा पनि उत्तिकै भ्यूज बटुलिरहेको बताइएको छ । उनका धेरै गीत करोड क्लबमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij