Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखामा बस दुर्घटना : पाँचजना गम्भीर घाइते 

गोरखामा बस दुर्घटना : पाँचजना गम्भीर घाइते 


  • 7.0K
    Shares

    गोरखामा बस दुर्घटना : पाँचजना गम्भीर घाइते 

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका-३, तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । 

    काठमाडौंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४ ४६ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । 

    दुर्घटनामा गम्भीर घाइते हुनेमा बसमा सवार गोरखाको धार्चे गाउँपालिका-६ का ५० वर्षीय सुरमान घले, भीमसेनथापा गाउँपालिका-३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी, २९ वर्षीय उज्वल पुडासैनी र धार्चे गाउँपालिकाकै केरौजा बस्ने ३२ वर्षीया कान्छी गुरुङ रहेका हुन् ।

    जिल्ला अस्पताल गोरखामा घाइते सबैजनाको उपचार भइरहेको छ । बस चालक सम्पर्कविहीन रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - ११:४९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij