Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

झिनो अंकले बढ्यो शेयर बजार : १४ अर्ब माथिको सेयर कारोबार

झिनो अंकले बढ्यो शेयर बजार : १४ अर्ब माथिको सेयर कारोबार


  • 6.2K
    Shares

    झिनो अंकले बढ्यो शेयर बजार : १४ अर्ब माथिको सेयर कारोबार
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ ।  

    नेप्सेका अनुसार आज १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६ समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

    त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सलव पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

    त्यसैगरि, आज युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र छ्याङिद हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज एनआइसी एसिया डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ८२ करोडको कारोबार भएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १६:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij