Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

‘सीआरएन’ नम्बर हरायो ? यस्तो छ मेरो शेयरबाट थाहा पाउने सजिलो तरिका! 

‘सीआरएन’ नम्बर हरायो ? यस्तो छ मेरो शेयरबाट थाहा पाउने सजिलो तरिका! 


  • 9.2K
    Shares

    ‘सीआरएन’ नम्बर हरायो ? यस्तो छ मेरो शेयरबाट थाहा पाउने सजिलो तरिका! 
    images

    तपाईंले शेयर कारोबार गरिरहनु भएको छ र आईपीओ भरिरहनु भएको छ भने सीआरएन नम्बरसँग पक्कै पनि जानकार हुनुहुन्छ । सीआरएन अर्थात कस्टुमर रिलेसनसिप नम्बर । 

    तपाईंले मेरो शेयर अकाउन्ट खोल्दा बैंकले तपाईंलाई सीआरएन नम्बर दिएको हुन्छ । जुन आईपीओ भर्ने बेलामा अनिवार्य चाहिन्छ । 

    सधैभरी आईपीओ आइरहेका हुदैनन् । केही समयको अन्तरालपछि आईपीओ भर्दा सीआरएन नम्बर बिर्सएको हुनसक्छ । 

    त्यसरी सीआरएन नम्बर बिर्सनु भएको छ भने आत्तिएर बैंकमा धाइहाल्नु पर्दैन । तपाईंले सजिलै मेरो शेयर अकाउन्टबाट नै तपाईंको आफ्नो सिआरएन नम्बर थाहा पाउन सक्नुहुन्छ । 

    कति बैंकले त बैंक खाता नम्बर नै सीआरएन नम्बर राखिदिएका हुन्छन् । जस्तो कि नबिल बैंकले खाता नम्बरलाई नैं सीआरएन नम्बर राखिदिको हुन्छ । यसो भएमा सीआरएन नम्बर खोज्न अरु धेरै गर्नैं परेन ।

    तर, धेरै बैंकले भने अल्फावेट जोडेर छुट्टै सीआरएन नम्बर दिएका हुन्छन् । आज हामी तपाईलाई मेरो शेयरबाट कसरी सीआरएन नम्बर पत्ता लगाउने बारे जानकारी दिदैछौं । 

    मेरो शेयरबाट सीआरएन थाहा पाउने तरिका 

    सबैभन्दा पहिले मेरो शेयर लगइन गर्नुहोस् र ड्यास बोर्डमा जानुहोस् । त्यहाँ बाँया भागमा विभिन्न अप्सनसहित ‘माई बैंक रिक्वस्ट’ भन्ने छ, त्यसमा क्लिक गर्नुहोस् ।

    यति गरेपछि राइट क्लिक गर्ने । राइट क्लिक गरेपछि विभिन्न अप्सन आउँछन् । अन्तिमतिर हेर्नुभयो भने ‘इन्स्पेक्ट’ भन्ने अप्सन पनि देखिन्छ । 

     इन्स्पेक्टमा क्लिक गर्ने । इक्स्पेक्ट खुलेपछि माथिल्लो भागमा इलिमेन्ट, कनसोल, सोर्स, नेटवर्क अप्सन देखिन्छ । यसमध्ये नेटवर्कमा क्लिक गर्ने ।  अब अल, एक्सएचआर, जेस जस्ता विभिन्न अप्सन देखिन्छ । त्यसमध्ये एक्सएचआरमा क्लिक गर्नुहोस् । अब मेरो सेयर खोलिरहेको वेबसाइटलाई एक पटक रिफ्रेस गर्नुहोस् । 

    रिफ्रेसपछि विभिन्न अप्सन, विभिन्न अंकहरु आउँछन् । तपाईंको बैंकअनुसार फरक–फरक नम्बर आउनछन् । जस्तो कि एनआईसी एसियाको हो भने २३०१, वाणिज्य बैंक हो भने २०१ र कुनैमा ३०१ नम्बरहरु आउँछन् । यि नम्बरहरु दोहोरिएर आएका हुनसक्छन् ।

    यी नम्बरमध्ये एक एक गरेर नम्बरहरुमा क्लिक गरेर हेर्नुपर्छ । जस्तो कि एनआईसी एसियाको हो भने अन्तिमको २३०१ नम्बरमा क्लिन गर्दा हुन्छ । 

    दायाँ भागमा विभिन्न जानकारीहरु आउँछन् । त्यहाँ तपाईंको बैंक अकाउन्ट सम्बन्धि विभिन्न जानकारी हुन्छन् । त्यसैले यसलाई सुरक्षित तरिकाबाट हेर्नुपर्ने हुन्छ । 

    त्यहाँ तपाईंको नाम, बैंक खाता नम्बरलगायतका विभिन्न जानकारी हुन्छ । यसमध्ये एउटा छ सिआरएन नम्बर हुन्छ । अनि आफ्नो सीआरएन नम्बर नोट गर्नुहोस् ।  सीआरएन नम्बर नोट गरेपछि इस्पेक्टलाई बन्द गर्न सक्नुहुनेछ । 

    860947765423733405crn2..jpeg
     

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १३:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij